image
image

 मुडिज प्रक्षेपण– भारतको अर्थतन्त्र सन् २०२२ मा ९.३ प्रतिशतले वुद्धि हुने

काठमाण्डौँ, १९, बुधबार । भारतको अर्थतन्त्र आउँदो वर्ष ९.३ प्रतिशतले वृद्धि हुने एक अध्ययनले देखाएको छ । विश्वको आर्थिक परिदृश्यको नियमित मूल्याङ्कन गर्ने संस्था मुडिज इन्भेस्टर्स सर्भिसले सन् २०२२ मार्चको अन्त्यसम्ममा भारतको कूल गार्हस्थ्य उत्पादनमा सुधार आइ आर्थिक वृद्धिद्धर बढ्ने जनाएको समाचारसंस्था एएनआईले जनाएको छ ।

सन् २०२० मा कोरोना महामारीका कारण खुम्चिएको अर्थतन्त्र संक्रमण कम हुनासाथ सक्रिय भएको थियो । कोरोनाको दोस्रो लहरबाट प्रभावित भारतीय अर्थतन्त्रले पनि गति लिने प्रतिवेदनमा उल्लेख छ । लकडाउन समेतका प्रतिबन्धका कारण आर्थिक गतिविधि सुस्त हुन सक्ने चेतावनी दिएको मुडिजले कोरोनाको पहिलो लहरको झैं यसपटक अर्थतन्त्रलाई गम्भीर प्रभाव नपार्ने प्रक्षेपण गरेको छ ।

मुडिजले कोरोनाको दोस्रो लहर जुन महिना भन्दा लामो अवधिसम्म जारी रहे र खोप अभियानमा अपेक्षित प्रगति नभएमा भारतको अर्थतन्त्रमा दीर्घकालीन असर पर्ने जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।