image
image

बिनु शाक्यले अनलाइन मार्फत बेली डान्स सिकाउने तयारी

काठमाडौंँ, १९, बधबार । कोरोना भाइरस संक्रमणको दोस्रो भेरियन्टका कारण विगत एक महिनादेखि जारी निषेधाज्ञाका कारण सर्वसाधारण घरमै थुनिएर बस्न बाध्य भएका छन् । घरमा बसेर दिक्क भएका सर्वसाधारणका लागि चर्चित बेली डान्सर बिनु शाक्यले ‘बेली डान्स’ सिकाउने भएकी छन् । बिनुले अनलाईन मार्फत ७ दिने ‘बेली डान्स’को कार्यशाला गर्न लागेकी हुन् । देश विदेशका बिभिन्न कार्यक्रममा ‘बेली डान्स’ कला प्रस्तुत गर्दै आएकी शाक्यले युवा वर्गमा बेली डान्सको बढ्दो क्रेजलाई मध्यनजर गरेर बेली डान्स सिकाउन लागेको बताइन् ।

‘मलाई सामाजिक संजालमा फलो गर्ने धेरै फ्यानले बेली डान्स सिक्ने इच्छा गरिरहनुहुन्छ’ शाक्यले भनिन् ‘फ्यानको पनि इच्छा र सर्वसाधारणका लागि अवसरको रुपमा बेली डान्स कक्षा सिकाउन लागेको हो ।’ शाक्यले बेली डान्स कक्षाको लाभ सबैले लिन सक्ने समेत बताएकी छन् । कक्षा जून ६ देखी १२ तारिखसम्म हरेक दिन बेलुकी ४ बजे देखि ५ बजेसम्म हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।