कुवेतमा अवैध मदिरा कारखाना सञ्चालन गर्ने तीन नेपाली पक्राउ
काठमाडौँ । कुवेतमा गैरकानूनी रुपमा रक्सी कारखाना सञ्चालन गरेको आरोपमा तीन नेपाली पक्राउ परेका छन् । पक्राउ पर्ने तीन नेपालीमध्ये एक जना महिला र दुइ पुरुष रहेका छन् ।छिमेकी साउदी अरबको सीमा नजिकै रहेको साल्मी बन्दरगाह नजिकै एउटा अपार्टमेन्टमा गोप्य रुपमा घरेलु मदिरा उत्पादन गरिरहेको अवस्थामा कुवेत सरकारले छापा मर्ने क्रममा मदिरा बरामद भएको थियो।
पक्राउ परेका तीन जना नेपालीलाई देश फर्काउने तयारी भइरहेको बताइएको छ। छापा हानिएको अपार्टमेन्टमा मदिरा उत्पादन गर्ने सामान बरामद गरिएको थियो, जुन अहिले जाँचका लागि ड्रग्स तथा मदिरा नियन्त्रण विभागमा पठाइएको छ। कुवेतमा पछिल्लो समय स्थानीय प्रशासनले अवैध मदिरा उत्पादन गर्ने गिरोहविरुद्व ठूलो कारवाही थालेको छ । छापा मार्दा ठूलो संख्यामा नेपालीहरु पक्राउ पर्न थालेका छन् ।