image
image

कोरोना महामारीमा इन्फ्रास्ट्रक्चर बैंकद्धारा ४९ लाख सहयोग

काठमाडौं, १८ जेठ । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले कोरोना भाइरसको महामारी रोकथाम, नियन्त्रण र उपचारको व्यवस्थापन गर्न सातवटै प्रदेशका अस्पताल तथा आइसोलेसन केन्द्रहरूलाई आर्थिक सहयोग गरेको छ । बैंकले प्रति अस्पताल/आइसोलेसन केन्द्रलाई ७ लाखको दरले ४९ लाख आर्थिक सहयोग गरेको जनाएको छ ।

बैंकको अनुसार प्रदेश–१ मा दमक नगरपालिका, प्रदेश–२ मा जनकपुर प्रादेशिक अस्पताल, बागमती प्रदेशमा पनौती नगरपालिका, गण्डकी प्रदेशमा गोरखा नगरपलिका, लुम्बिनी प्रदेशमा कपिलवस्तु नगरपालिका, कर्णाली प्रदेशमा विरेन्द्रनगर नगरपलिका र सुदुरपश्चिम प्रदेशमा महाकाली अस्पताललाई सहयोग गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।