विवेकशील साझा पार्टीका नेता उज्जवल थापाको भेन्टिलेटरमा उपचार हुँदै, भ्रमको पछि नलाग्न आग्रह
काठमाडौँ, १८, मंगलबार । विवेकशील साझा पार्टीका पूर्व अध्यक्ष उज्जवल थापालाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ। मेडिसिटी अस्पतालमा इक्मो प्रविधिबाट उपचार भइरहेको भएपनि स्वास्थ्यमा सुधार आउन नसकेको डाक्टर विश्व दवाडीले बताए। यस्तै दवाडीले थापाको स्वास्थ्यको बारेमा आएका भ्रमको पछि नलाग्न पनि आग्रह गरेका छन्। कोरोना संक्रमण भएपछि उनलाई ह्याम्स अस्पताल हुँदै ग्राण्डी अस्पताल रिफर गरिएको थियो। ग्राण्डीबाट इक्मो प्रविधिमार्फत् थापाको उपचारका लागि मेडिसिटीमा लगिएको थियो।









