image
image

मासिक ९९९ रुपैयाँमा १२० एमबीपिएसको इन्टरनेट कनेक्सन दिने घोषणा

काठमाडौँ, १८, मंगलबार । चौधरी ग्रुप (सिजी) अन्तर्गतको सिजी कम्युनिकेशनले इन्टरनेट सेवा सुरु गरेको छ। मोबाइल सेवा सञ्‍चालनका लागि लाइसेन्स पाउन सफल नभएपछि सिजीले अन्तत, फिक्स ब्रोडब्यान्ड इन्टरनेट सेवा सुरु गरेको हो। सिजीका एमडीसमेत रहेका निर्वान चौधरीले आज (मंगलबार) देखि सिजी नेटको सेवा सुरु गरेका जानकारी गराएका छन्। द्रुत गतिको इन्टरनेट सस्तो र शुलब मुल्यमा  दिन तत्पर रहेको कम्पनीले जानकारी दिएको छ।  

कम्पनीले सेवा सुरुको अवसरमा १२० एमबीपिएसको इन्टरनेट कनेक्सनको मासिक शुल्क ९९९ रुपैयाँ निर्धारण गरेको छ। सिजीनेटले विभिन्न खालका प्याकेज सुविधा दिएको छ। ३, ६ र १२ महिनाका लागि प्याकेज सार्वजनिक गरेको छ। कम्पनीले सुरुमा जडान गर्दा पनि जडान शुल्क तथा तारलाई निशुल्क गरिएको जानकारी दिएको छ। 

तत्कालका लागि कुमारीपाटी,जावलाखेल र इमाडोलमा सर्भिस सेन्टर रहेका छन्। कम्पनीमा सिधै वा सेवा केन्द्रबाट जडान सम्बन्धी जानकारी लिन सकिने छ। सिजीनेटको सेवा अहिले काठमाडौँ उपत्यका भित्र मात्रै सिमित ठाउँमा रहेको छ । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।