image
image

हिमाली साँस्कृतिक परिवारका अध्यक्ष मेनकाजी गुरुङको निधन

काठमाडौँ, १८, मंगलबार । हिमाली साँंस्कृतिक परिवारका अध्यक्ष मेनकाजी गुरुङको निधन भएको छ । तीत साताअघि कोरोना संक्रमणबाट मुक्त भएका गुरुङको मुटु सम्बन्धी समस्या रहेको थियो । उनको उपचारका क्रममा  गएराती पोखराको फिस्टेल अस्पतालमा निधन भएको हो ।

पत्नी शोकमा परेको करिब तीन सातामै ५८ वर्षीय गुरुङको निधन भएको हो । उनकी धर्मपत्नी मीना गुरुङको गत बैशाख ३० गते कोरोनाका कारण मृत्यू भएको थियो । आफू पनि कोरोना संक्रमित भएका मेनकाजीले त्यसबेला कोरोनालाई परास्त गर्न सफल भएका थिए ।

उनले पोखरामा स्थापना भएको हिमाली साँस्कृतिक परिवारमा लामो समयसम्म एकल नेतृत्व गर्दै आएका थिए । लामो समयदेखि उनको अगुवाईमा परिवारले कौरा, घाटु, रोधीलगायतका प्रस्तुति देशविदेशमा प्रदर्शन गर्दै आएको थियो । स्वर्गीय गुरुङका १ छोरा १ छोरी छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।