image
image

चीनले दिएको ५० हजार ४ सय डोज कोभिड खोप आइपुग्यो

काठमाडौं, १८, मंगलबार । चिन सरकारले अनुदानमा उपलक्ध गराएको कोरोना भाइरस संक्रमण विरुद्धको खोप भेरोसेलको ५० हजार ४ सय डोज खोप नेपाल आइपुगेको छ। छिमेकी राष्ट्र चिन सरकारले नेपालमा पछिल्लो पटक थप १० लाख खोप अनुदानमा उपलब्ध गराउने घोषणा गरेको थियो घोषणा गरेको एक सातामा खोप नेपाल आइपुगेको हो। पहिलो लटमा ५० हजार ४ सय खोप आएको छ। 

राष्ट्रपति विद्यादेवी भण्डारी भारत, चीन, अमेरिका र बेलायतका सरकार प्रमुखहरुलाई पत्राचार गर्दै कोरोना भाइरस संक्रमण विरुद्धको  खोपका लागि सहयोग गरिदिन अनुरोध गरेकी थिइन। त्यसको केही समयपछि चीनले नेपाललाई १० ला डोज खोप उपलब्ध गराउने जानकारी गराएकी थिइन।स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखाका आपूर्ति शाखा प्रखुम उपेन्द्र ढ्ंगानाले केही खोप विमानस्थलकै कोल्डरुपमा र बाँकी खोप टेकुस्थित खोप भण्डारण केन्द्रमा राखिने जानकारी दिए।बाँकी एक लाख डोज खोप भने भोलि आइपुग्ने बताइएको छ।

यसअघि चीनले नेपाललाई ८ लाख डोज खोप अनुदानमा उपलब्ध गराएको थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।