छिमेकी राष्ट्र चीनद्वरा दिएको ८ लाख डोज खोप आज काठमाडौं आइपुग्ने
काठमाडौं, १८, मंगलबार । छिमेकी राष्ट्र चीन सरकारले अनुदानमा दिने भनिएकको कोरोना भाइरस विरूद्धको ८ लाख डोज खोप आज नेपाल एयरलाइन्सको चार्टर विमान मार्फत काठमाडौं आउँदैछ । चिनियाँ राष्ट्रपति सी चिनफिङले सहयोग घोषणा गरेको १० लाख डोज खोपमध्ये करिब ८ लाख डोज खोप आज दिउँसो ३ बजे काठमाडौं आइपुग्ने बताइएको छ ।
उक्त खोप लिन सोमबार राति ११ बजे काठमाडौंबाट एयरबस ए ३३० जहाज बेइजिङ उडेको थियो। एयरलाइन्सका अपरेशन डाइरेक्टर दिपु जुहार्चनका अनुसार जहाजबाट ८ लाख डोज खोप नेपाल ल्याइनेछ।यसअघि चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपाललाई १० लाख डोज खोप अनुदान दिने घोषणा गरेका थिए।