image
image

 साउदी अरबले नेपाललाई सहयोग गर्ने बचनबद्धता

काठमाडौँ, १८, मंगलबार। विश्वभर फैलिएको कोरोना भाइरस विकराल रुप लिदैँ गएको छ । त्यसै क्रममा साउदी अरबका लागि नेपाली राजदूत डा. महेन्द्र प्रसाद सिंह राजपुतले देशमा फैलिएको कोरोना भाइरस संक्रमणका कारण भएको मानवीय क्षतिलाई कम गर्न सहयोग माग गरेका छन्। राजपुतले साउदीको शाही अदालतका सल्लाहकार तथा राजा सलमान मानवीय सहायता तथा राहत केन्द्रका महानिरीक्षक डा. अब्दुल्लाह बिन अब्दुलाजीज अल–रबिहलाई भेटेर सहयोग गर्न आग्रह गरेका हुन्।

साउदीले कोरोना भाइरस संक्रमण महामारीको बेला अन्य देशलाई पनि खुलेर सहयोग गरिरहेको छ। सोमबार भएको भेटर्वार्तामा राजदूत सिंहले मानवीय कार्यमा साउदीले देखाएको तत्परताको खुलेर प्रसंसा गरे। उनले नेपाल र साउदीबीचको सम्बन्ध विगत केही दशकयता सुमधुर रहेको बताउँदै विपतको बेला हुने सहयोगले सम्बन्धलाई अझै प्रगाढ बनाउने विचार व्यक्त गरे।

भेटमा नेपालमा कोरोना भाइरस महामारीको बढ्दो संक्रमण र उपचारमा भएको असहजताबारे राजदूत सिंहले जानकारी गराएका थिए। ‘हामीले देशलाई हाल आवश्यक स्वास्थ्य सामाग्री र मेडिकल उपकरण सहयोग बारे कुरा गर्यौँ। उहाँले यस कुरालाई सकारात्मक रुपमा लिनुभयो र आफुले सक्दो सहयोग गर्ने आश्वासन दिनुभएको छ,’ सिंहले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
100%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।