image
image

कुवेतमा मंगलबारदेखि श्रमिकलाई दिउँसो काम लगाउन प्रतिबन्ध

काठमाडौँ ।  कुवेतले जुनदेखि ३१ अगस्टसम्म लागू हुने गरि दिउँसोको चर्को घाममा श्रमिकलाई काममा लगाउन प्रतिबन्ध गरेको छ । श्रमिकलाई अत्याधिक गर्मीबाट जोगाउन कुवेत पब्लिक अथोरिटी फर म्यानपावर (पीएएम) ले उक्त  निर्णय लागु गरेको हो।


पीएएमका महानिर्देशक अहमद अल–माउसालले आइतबार विज्ञप्ती जारी गर्दै श्रमिकको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै उक्त निर्णय लिएको जानकारी दिए। निर्णय अनुसार बिहान ११ बजेदेखि बेलुका ४ बजेसम्म सूर्यको किरण प्रत्यक्ष पर्ने खुल्ला क्षेत्रमा श्रमिकलाई काममा लगाउन पाइने छैन।

त्यस्तै निर्णय कार्यान्वयन र अनुगमन गर्न प्राधिकरणले एक अनुगमन समिति समेत बनाएको छ। तीन महिनाको अवधिमा अनुगमन टोलीले जतिबेला पनि छड्के जाँच (सरप्राइज इन्स्पेक्सन) गर्नेछ र  निर्देशन उल्लंघन गर्नेलाई कानूनी कारवाहीअघि बढाउन सिफारिस गर्ने बताएको छ।

 
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।