यो साल पनि एसईई परीक्षा आन्तरिक मुल्यांकनबाट हुने
काठमाडौँ । पोहोर सालको जस्तै यो साल पनि एसीईई परिक्षा आन्तरिक मुल्यांकनबाट हुने भएको छ । शिक्षा मन्त्रालयको आज बसेको बैठकले एसईई परीक्षाको आन्तरिक मुल्यांकन विधि अनुसार गराउने प्रस्ताव मन्त्रिपरिषदमा लैजाने भएको हो । मन्त्रिरिषद्बाट प्रस्ताव पारित गरेपछि आन्तरिक मूल्यांकनको अन्तिम निर्णय हुनेछ ।
कोरोना महामारीको कारण भौतिक उपस्थितिमा परिक्षा संचालन गर्न असम्भव देखिएकाले मन्त्रालयको आजको बैठकले गत वर्षकै आन्तरिक मुल्यांकन विधि अनुरुप परीक्षा गराउने प्रस्ताव मन्त्रिपरिषद्लाई पठाउने निर्णय गरेको हो ।