कोरोना महामारीमा अण्डाको माग उच्च
काठमाडौँ, १७, सोमबार । कोरोना संक्रमणका कारण देशभर निषेधाज्ञा भइरहँदा अण्डाको माग धान्न मुस्किल पर्न थालेको छ निषेधाज्ञामा घरमा बसेकाले उपयोग बढाएपछि उत्पादनले धान्न कठिन हुँदै गएको अनुमान गरिएको छ ।आफ्नै उत्पादन र संकलन गरेर देशैभर अण्डा बिक्री गर्दै आएको दाउन्ने ग्रूप अफ पोल्ट्रीका कार्यकारी निर्देशक विनोद पोख्रेल मागअनुसार अण्डा पुर्याउन कठिन भएको बताउँछन् ।
दैनिक १ लाख ३८ हजार गोटा आफ्नै उत्पादन र त्यति नै संख्यामा कृषकको अण्डा संकलन गरेर दाउन्नेले देशभर बिक्री गर्दै आएको छ । देशकै सबैभन्दा ठूलो सञ्जाल सहितको सप्लायर्स दाउन्ने भएको जानकारी दिँदै उनले आफूले पालो मिलाएर मात्र अण्डा दिन सकेको बताए ।
उनले भने, ‘बिक्रेताले मागेकै दिनमा अण्डा दिन सक्ने अवस्था छैन ।’ माग बढेकै कारण उत्पादनले पुर्याउन कठिन भएको व्यवसायी बताउँछन् । निषेधाज्ञामा घरमा रहेकाहरूले अण्डाको उपयोग बढाएको पाइएको छ ।
पहिलेको तुलनामा उत्पादन घटेको र माग बढेको छ । बीचका केही महिना उत्पादन निकै घटेको भए पनि अहिले बढ्दो क्रममा रहेको छ । यद्यपि पहिलेको तुलनामा पुग्न सकेको छैन ।
अण्डा उत्पादक कृषक मदन पोख्रेल कोरोनाको संक्रमणका बेला रोग प्रतिरोधात्मक क्षमता बढाउनका लागि समेत सहयोगी हुने भएकाले उपभोग बढेको बताउँछन् । उनले भने, ‘किराना पसल खुल्दा सबैको हातहातमा अण्डाको क्रेट देख्न सकिन्छ ।’
आफूलाई विभिन्न जिल्लाबाट अण्डाको माग हुने गरेको उनको भनाइ छ । अण्डाको मूल्य पहिलेको तुलनामा बढेको भए पनि दानाको कच्चा पदार्थमा भारी वृद्धिका कारण कृषक लाभान्वित हुन नसकेको उनले जानकारी दिए ।
वरिष्ठ फिजिसियन डा. भोजराज अधिकारी कोरोना संक्रमणको समयमा शरीरमा चाहिने पोषणको पूर्ण मात्रा (कम्प्लिट प्याकेज) अण्डामा पाइने बताउँछन् । एसियाका देशमा खाने खानामा कार्बोहाइडे«ट बढी हुने भन्दै उनले अण्डामा कम हुने र प्रोटिनको राम्रो स्रोत भएकाले यसको खपत बढेको हुन सक्ने बताए ।