image
image

धनगढीमा २५ शय्याको सैनिक अस्पताल सञ्चालन हुदैँ

काठमाडौँ, १७, सोमबार । धनगढीमा नेपाली सेनाले २५ शय्याको फिल्ड अस्पताल  सञ्‍चालनमा ल्याएको छ । नेपाली सेनाको सुदूरपश्‍चिम पृतनाले धनगढीको बोराडाँडीमा २५ शय्याको अस्पताल सोमबारदेखि सञ्‍चालनमा ल्याएको हो ।

 अस्पतालको एक कार्यक्रमकाबीच प्रधान सेनापति पूर्णचन्द्र थापाले उद्घाटन गरे । अस्पतालबाट नेपाली सेनामा कार्यरत कर्मचारी तथा पूर्व कर्मचारीसहित उनका परिवारका सदस्यको उपचार हुनेछ । 

‘सेनाको कल्याणकारी कोष लगानीमा सञ्चालनमा आएको अस्पतालमा स्त्रीरोग, बालरोग, फिजियोथेरापी, दन्त, सामान्य चिकित्सालगायत सेवा उपलब्ध हुने छ । अहिले भने केही सेवा मात्रै सञ्चालन गरिएको छ । 

अस्पताल निर्माणपछि सुदूरपश्‍चिम प्रदेशका सैनिक र उनका परिवारको स्वास्थ्योपचारमा सहज हुने विश्वास नेपाली सेनामको छ । सुदूरपश्‍चिम प्रदेशमा झण्डै ५० हजार नेपाली सेना र उनका परिवारका सदस्य छन् ।
 
यस्तै प्रदेशमा कोरोना बढेपछि सुदूरपश्‍चिम सरकारले पनि सेनाको अस्पतालबाट संक्रमितलाई उपचार गर्न आग्रह गरेको थियो । त्यस्का लागि प्रदेश सरकारले ३० लाख रुपैयाँ सहयोगसमेत गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।