image
image

संक्रमण बढेसँगै मलेसियामा मंगलबारबाट १४ दिनसम्म लकडाउन

काठमाडौँ, १७, सोमबार । रोजगारीका लागि नेपाली श्रमिकहरुको प्रमुख गन्तब्यमध्येको एक मलेसियामा जुन १ देखि १४ दिनसम्म लकडाउन घोषणा गरिएको छ । कोरोना भाइरस संक्रमणको दोस्रो भेरिएन्टले विश्वनै आक्रान्त पारिरहँदा मलेसियामा संक्रमण बढेपछि पुर्ण लकडाउनको निर्णय भएको स्थानीय सञ्चार मध्यमहरुले जनाएका छन् ।

खाद्यान्न, स्वास्थ्य क्षेत्र, पानी, बिजुली, सुरक्षा, इन्धन आयात निर्यात, बैङ्क तथा वित्तीय संस्था लगायतका १७ वटा अत्यावश्यक क्षेत्र बाहेक अन्य क्षेत्र सञ्चालन नहुने द स्टार पत्रिकाले जनाएको छ ।

दुई हप्तापछि संक्रमणको अवस्था हेरेर केही खुकुलो पार्दै लैजाने जनाइएको छ । लकडाउन अवधिभर बाहिर ननिस्कन र घरमै बसेर सुरक्षित रहन त्यहाँस्थित नेपाली दूतावासले सबैमा नेपाली समुदायलाई अनुरोध गरेको छ ।

मलेसियमा यो समाचार तयार पार्दासम्म कोरोना सङ्क्रमितको सङ्ख्या ५ लाख ६५ हजार ५३३ पुगेको छ । उपचारपछि निको हुनेको सङ्ख्या ४ लाख ८४ हजार ७८७ पुगेको छ भने अहिलेसम्म संक्रमणबाट २ हजार ९२७ जनाको मृत्यु भएको मलेसियाको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।