image
image

साढे ३ अर्ब रुपैयाँमा बिक्री संसारकै महँगो वैजनी हिरा

काठमाडौँ, १७, सोमबार । संसारकै सबैभन्दा दुर्लभ तथा आकर्षक मानिने वैजनी–गुलाबी हिरा झण्डै साढे ३ अर्ब रुपैयाँमा बिक्री भएको छ । १५.८१ क्यारेटको उक्त हिराको नाम द साकुरा हो ।क्रिस्टी अक्सन हाउसले हंगकंगमा गरेको लिलामीका क्रममा उक्त दुर्लभ हिरा २ करोड ९३ लाख डलरमा बिक्री भएको हो । त्यससँगै द साकुरा संसारको सबैभन्दा महँगो पर्पल पिंक हिरा बन्न सफल भएको छ ।यो हिरा संसारमा अहिलेसम्म पाइएको मध्ये सबैभन्दा ठूलो बैजनी–गुलाबी हिरा भएको हुनाले पनि यो निकै विशेष हुन गएको हो ।

 चेरी फुल्ने जापानी शव्दबाट नामाकरण गरिएको उक्त हिरा एउटा सामान्य प्लाटिनम तथा सुनको औँठीमा राखिएको छ ।गतवर्ष १४.८ क्यारेटको पर्पल पिंक हिरा द स्पिरिट अफ रोज झण्डै ३ अर्ब १३ रुपैयाँ बराबरको मूल्यमा बिक्रि भएको थियो। द साकूराले उक्त हिराको रेकर्ड भंग गरेको हो ।उक्त हिरालाई एसियाली खरीदकर्ताले किनेको बताइएको छ । तर लिलाम घरले खरीदकर्ताको बारेमा थप जानकारी सार्वजनिक गरेको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।