अब अनलाइनबाट बिजुलीको महसुल तिर्दा सर्भिस चार्ज लाग्ने, कति लाग्छ ?
काठमाडौँ माघ १९ । नेपाल विद्युत प्राधिकरणको संचालक समितिको बैठकले अनलाइन बिजुली महसुल भुक्तानी गर्ने सम्बन्धमा सर्भिस चार्ज लाग्ने निर्णय गरेको छ । उक्त बैठकमा रू ५ सय भन्दा माथि अनलाइन बाट भुक्तानी गर्दा रू ५ लाग्ने निर्णय गरिएको जानकारी दिएका छन्।तर, ५ सय रुपैयाँसम्म बिजुलीको महसुल हुने ग्राहकले अनलाइन प्रणालीमार्फत भुक्तानी गर्दा भने शुल्क लाग्दैन ।
अर्थ मन्त्रालय र राष्ट्र बैंकले दिएको गाइडलाइनमार्फत सर्भिस शुल्क लिने निर्णय भएको जानकारी दिएका छन् । अहिले ५ सय रुपैयाँभन्दा बढी महसुल तिर्ने ग्राहक २० लाखभन्दा बढी छन् । यो निर्णयसँग छिट्टै नै सर्भिस शुल्क लाग्ने निर्णय लागू हुने प्राधिकरणले जानकारी दिएको छ ।