image

मेरो माइक्रोफाइनान्सको संस्थापक शेयर लिलामीमा

काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको संस्थापक शेयर आज (सोमवार) देखि लिलामीमा विक्री खुला हुने भएको छ ।

कम्पनीले एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको ६० हजार ४१८ कित्ता संस्थापक शेयर लिलामीमा विक्री खुला गरेको हो ।

उक्त शेयर खरीद गर्न योग्य इच्छुक विद्यमान संस्थापक वा व्यक्ति, कम्पनी तथा संस्थाले जेठ ३१ गतेसम्म बोलपत्र पेश गर्न सक्नेछन् । 
उक्त शेयरको न्यूनतम मूल्य रू. ५७२ तोकिएको छ । आवेदकले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नु पर्ने हुन्छ । 

यो शेयर खरीदका लागि बोलकबोल गर्दा न्यूनतम १०० कित्तादेखि अधिकतममा सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । 

सबैभन्दा बढी मूल्यमा बोलकबोल गर्ने आवेदकलाई शेयर विक्री गरिने कम्पनीे जानकारी दिएको छ । कम्पनीको शेयर विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।
-आर्थिक अभियान दैनिकबाट 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।