एमाले स्थायी कमिटीको सर्यो बैठक
काठमाडौं, १६, आइतबार। नेकपा एमालेको आज साँझ ५ बजेका लागि बोलाएको स्थायी कमिटी बैठक सरेको छ । तयारी नपुगेको भन्दै बैठक सारिएको हो । एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले आइतबार ५ बजे बस्ने भनेको स्थायी समिति बैठक सोमबार बिहान १० बजे बस्नेगरी मिति सरेको जानकारी दिए ।









