image
image

एसईई वैकल्पिक विधिबाट गर्न मन्त्रालयसँग परिक्षा बोर्डको माग

काठमाडौं, १६, आइतबार। विश्भर विकराल रुपमा फैलिएको कोरोना महामारीका कारण रोकिएको माध्यमिक शिक्षा परीक्षा (एसईई) वैकल्पिक विधिबाट गर्न राष्ट्रिय परीक्षा बोर्डले शिक्षा मन्त्रालयसँग अनुमति माग गरेको छ । बोर्डका अध्यक्ष चन्द्रमणिका अनुसार विद्यार्थीलाई भौतिक रूपमा उपस्थित गराएर परीक्षा सञ्चालन गर्न असम्भव रहेको भन्दै वैकल्पिक विधिबाट परीक्षा गर्न मन्त्रालयसँग अनुमति मगिएको छ ।

उनका अनुसार यसबारे निर्णय लिन बैठकसमेत बसिसकिएको छ । मन्त्रालयसँग अुनमति मागिसकिएकाले मन्त्रालयले एसईईबारे कस्तो निर्णय गर्छ त्यसैअनुसार बोर्ड अघि बढ्ने उनले बताए ।गत सालको एसईई परीक्षा पनि कोरोनाका कारण आन्तरिक मूल्यांकनबाटै परीक्षाको नतिजा सार्वजनिक गरिएको थियो । यसपाली पनि कोरोनाको दोस्रो लहरले रोकिएको परीक्षा कसरी गर्ने भन्नेबारे मन्त्रालयले निर्णय गरेसँगै बोर्डले आफ्नो कामकारबाही अघि बढाउँदैछ ।

एसईईसँगै कक्षा १२ को परीक्षाबारे पनि मन्त्रालयले निर्णय गर्नुपर्ने हुन्छ । कक्षा १२ को परीक्षा जेठ २६ गतेदेखि गर्ने कार्यतालिका थियो।गत वर्ष कक्षा १२ को परीक्षा नै लिइएको थियो भने यसपालीको परीक्षाबारे के हुन्छ भन्नेबारे मन्त्रालयले निर्णय गर्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।