भारत लैजाँदै गरेको ५ हजार लिटर इन्धन प्रहरीको नियन्त्रणमा
काठमाडौँ, १६, आइतबार। कोरोना भाइरस संक्रमण नियन्त्रण गर्नका लागि देशभरि नै निषेधाज्ञा गरिएको छ, सबै क्षेत्र बन्द भएको अवस्था छ । यस बेला पनि मोरङमा इन्धन तस्करी भने रोकिन सकेको छैन ।निषेधाज्ञाको समयमा मोरङको रतुवामाई नगरपालिका ४ स्थित सिमावर्ती नाका हुदै नेपालबाट भारततर्फ इन्धन तस्करी हुने गरेको पाइएको छ ।
शनिवार सशस्त्र प्रहरी बल नेपाल ३ बटालीयन हेडक्वार्टर टंकीसिनवारीबाट इन्सपेक्टरको नेतृत्वमा खटिएको टोलीले ५ हजार ८ सय लिटर इन्धन भारततर्फ लैजाँदै गरेको अवस्थामा नियन्त्रणमा लिएको जानकारी दिएको छ ।
मिनि ट्रकमा राखेर २३ ड्रम डिजल र १ ड्रम पेट्रोल लैजाँदै गरेको अवस्थामा ससस्त्र प्रह्रीले तस्करीमा प्रयोग भएको मे १ ख १५०९ नम्बरको मिनि ड्रक सहित नियन्त्रणमा लिएको ससस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी तीर्थ पौडेलले जानकारी दिनु भयो । सशस्त्र प्रहरीलाई देखेपछि ट्रक चालक र सहचालक ट्रक छोडेर भागेका थिए ।
नियन्त्रणमा लिइएको इन्धनको दावी गर्दै कोही पनि नआएको र बरामद इन्धनको बिलबिजक समेत नभएकाले तस्करी गरेको प्रष्ट हुन्छ । बरामद इन्धनलाई आइतबार भन्सार कार्यालयमा बुझाउने एसपी पौडेलले जानकारी दिनुभयो । इन्धनको मूल्य नेपालमा भन्द भारतमा महंगो पर्ने भएकाले नेपालबाट भारततिर तस्करी हुने गरेको छ ।