चीनको ग्वाङ्झुमा फेरि देखियो कोरोना भाइरस
काठमाडौँ, १६, आइतबार। चीनको दक्षिणी प्रान्त ग्वाङ्झुका केही स्थानहरुमा शनिबार कोरोना भाइरस संक्रमण देखिएपछि शनिबारदेखि विभिन्न गतिविधिमा प्रतिबन्ध लगाइएको छ। त्यहाँका मानिसहरुलाई घरमै बस्न आग्रह समेत गरिएको छ।
डेढ करोड आवादी रहेको उक्त क्षेत्रमा कोरोना भाइरसको २० जना नयाँ संक्रमित भेटिएका हुन्। चीनले कोरोना नियन्त्रणमा सफलता पाएको छ। यही कारण पनि थोरै संख्यामा संक्रमित भेटिँदा पनि कडा प्रतिबन्ध लगाएर त्यसलाई फैलन नदिन सतर्कता अपनाएको छ।