image
image

बच्चाले खाने दूधको कर घट्यो

काठमाडौँ, १६, आइतबार । सरकारले चकलेटमा लाग्ने भन्सार १० प्रतिशत बढाएको छ। आगामी आर्थिक वर्षको आर्थिक अध्यादेशबाट सरकारले कोकोआबाट बनेका चलकेटको भन्सारदर ३० प्रतिशतबाट बढाएर ४० प्रतिशत पुर्‍याएको छ। चालु वर्षको बजेट अघि सबै चकलेटको भन्सार दर एउटै भएपनि तत्कालिन अर्थमन्त्री डा युवराज खतिवडाले कोकोआ चकलेटको दर घटाएर ३० प्रतिशतमा झारेका थिए। उक्त निर्णय विवादित बनेको थियो। 

भन्सार विभागको तथ्यांकअनुसार नेपालमा मुख्य दुईथरी चकलेट आउँछन् । एउटा कोकोआ पाउडर मिसिएको, अर्को चिनीबाट बनेका।यो नीतिपछि अब विदेशबाट आउने कोकोआ मिसिएका चकलेटको भाउ केही बढ्ने छ।  

खतिवडाले केटाकेटीलाई खुवाउने दूधमा भने ४० प्रतिशत भन्सार लगाएका थिए। यो दरलाई सरकारल २० प्रतिशतमा झारेको छ। बच्चा जन्मिएको ६ महिनासम्म ९शिशुलाई० खुवाउन मिल्ने धूलो दूधमा भने पाँच प्रतिशत भन्सार कायम छ। तर ६ महिनापछि पनि खुवाउन मिल्ने दूधमा ४० बाट २०  प्रतिशत बनाइएको हो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।