image
image

तल्लो अरुण जलविद्युत् आयोजनाको २१ प्रतिशत विद्युत नेपाललाई नि:शुल्क

काठमाडौँ । ६ सय ७९ मेगावाटको तल्लो अरुण जलविद्युत् आयोजनाबाट नेपालले २१ प्रतिशत विद्युत नि:शुल्क पाउने भएको छ । लगानी बोर्ड बैठकले शुक्रबार आयोजना निर्माणको जिम्मा भारतीय कम्पनी सतलजलाई दिने निर्णय गरेको थियो । यो कम्पनीले अहिले ९ सय मेगावाटको अरुण तेस्रो आयोजना निर्माण गरिरहेको छ । 

आयोजना निर्माणका लागि भारतीय कम्पनीसहित चिनियाँ कम्पनी प्रतिस्पर्धामा थियो । चिनियाँ कम्पनीले २५ प्रतिशत र भारतीय कम्पनीले २१ प्रतिशत विद्युत् निःशुल्क दिने प्रस्ताव राखेको ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले जानकारी दिए ।

गत मंसिरमा बोर्डले यो आयोजना निर्माणको इच्छा देखाएका तीन वटा कम्पनीसँग प्रस्ताव माग गरेको थियो । आयोजना निर्माण गर्ने कम्पनीले कम्तीमा १५ प्रतिशत ऊर्जा निःशुल्क उपलब्ध गराउनुपर्ने सर्तसहित बोर्ड कार्यालयले प्रस्ताव मागेको थियो । 

आयोजना निर्माणका लागि १ अर्ब ३० करोड अमेरिकी डलर लाग्ने अनुमान छ । गत वर्ष नेपाल आएका भारतीय ऊर्जा राज्यमन्त्री आरके सिंहले तत्कालीन ऊर्जामन्त्री पुनसहित ऊर्जा अधिकारीहरूसँगको भेटमा पनि तल्लो अरुण आयोजना निर्माण गर्ने जिम्मा सतलजलाई दिन आग्रह गरेका थिए । 

तत्कालीन ऊर्जामन्त्री पुन र भारतीय ऊर्जा राज्यमन्त्री सिंहबीच गत २०७५ माघ २८ गते नयाँदिल्लीमा भएको भेटमा पनि भारतीय राज्यमन्त्रीले तल्लो अरुण निर्माण गर्न दिन प्रस्ताव गरेका थिए । भारतीय कम्पनी सतलजले अरुण तेस्रो अन्तर्राष्ट्रिय प्रतिस्पर्धामार्फत पाएको हो ।

 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।