image
image

बारपाकमा ८२ जनामा देखियो कोरोना संक्रमण 

काठमाडौँ, १६, आइतबार । गोरखाको बारपाकमा ८२ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ।शनिबार २४ जना र शुक्रबार ५८ जनामा कोरोना देखिएको हो।अझै तीन सय ४२ जनाको रिपोर्ट आउन बाँकी छ।दुई सातामा १३ जनाको मृत्युपछि गण्डकी प्रदेश, जिल्ला स्वास्थ्य कार्यालय र बारपाक सुलिकोट गाउँपालिकाको छुट्टाछुट्टै स्वास्थ्यकर्मीको टिम परिचालन गरी बारपाकीको स्वाब लिइएको थियो।

बारपाक गाउँमा करिब एक हजार तीन सय घरधुरी छ। यहाँका बासिन्दाले सुरूमा स्वाब परीक्षण गर्न मानेका थिएनन्।गण्डकी प्रदेशका भौतिक पूर्वाधार मन्त्री रामशरण बस्नेत, कांग्रेस सांसद प्रकाशचन्द्र दवाडी, जसपा सांसद धनमाया लामा पोखरेललगायत स्वास्थ्यकर्मी लिएर बारपाक गएपछि स्थानीयहरूको स्वाब लिइएको थियो।

यसैबीच बारपाक सुलिकोट वडा नम्बर २ की २४ वर्षीया महिलालाई मनाङ एअरको हेलिकप्टरबाट उद्धार गरी थप उपचारका लागि काठमाडौंको मेडिसिटी अस्पताल ल्याइएको छबारपाकमा कोरोना संक्रमण फैलिएपछि गाउँपालिका प्रमुख बिष्णु भट्टले प्रदेश र केन्द्र सरकारको सहयोग मागेका थिए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।