विदेशबाट फर्किएका नेपालीको सीप विकासका लागि ४० करोड रकम विनियोजन
काठमाडौँ । विदेशबाट फर्किएका नेपालीको सीप विकासका लागि ४० करोड रकम विनियोजन गरेको अर्थमन्त्री विष्णु पौडेलले बताएका छन्। स्वास्थ्य र शिक्षा क्षेत्रलाई प्रथामिकतामा राखेर ल्याईएको उक्त बजेटले स्वदेशी उद्योगमा सीप सिक्न चाहनेका लागि ३ महिनाको रकम सरकारले ब्यहोर्ने बताए। यस्तै, सीप सिकेकालाई सम्बन्धित उद्योगले दुई वर्ष रोजगारी उपलब्ध गराउनुपर्ने पनि बजेट भाषणमा जानकारी दिए। यसले थप २५ हजार व्यक्तिले रोजगारी प्राप्त गर्ने अपेक्षा सरकारले गरेको छ।
त्यस्तै शनिबार अध्यादेशमार्फत २०७८–७९ सालको बजेट प्रस्तुत गर्ने क्रममा अर्थमन्त्री पौडेलले विदेशबाट फर्किएका तथा स्वदेशमा रोजगारी गुमाएका नेपाली श्रमिकका लागि विभिन्न स्वरोजगारमूलक कार्यमा संलग्न हुन सीप विकासका लागि ४० करोड रकम बिनियोजन गरेको बताएका छन् । साथै सरकारले सरकारले आगामी आर्थिक वर्षका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका लागि १४ अर्व विनियोजन गरेको छ।