डिजिटल पत्रिका 'अर्थरोजगार'को शुभारम्भ, उत्तरदायी पत्रकारिता गर्ने प्रण
काठमाडौँ - एक औपचारिक कार्यक्रमका बीच नेपाली संचार जगतमा 'खोज हाम्रो आवाज तपाईंको' मूल नारा सहित नँया अनलाइन पोर्टल 'अर्थ- रोजगार'को शुभारम्भ भएको छ।
आर्थिक क्षेत्रका विभिन्न विषयमा गाउँ देखि शहरसम्म, सडक देखि सत्ता सम्म, साना र ठूला सबै आम विषयलाई उठान गर्ने लक्ष्यका साथ 'अर्थ- रोजगार'को शुभारम्भ गरिएको अर्थरोजगर अनलाइनका कार्यकारी अध्यक्ष अनुप जंगमले बताउनुभयो ।
भ्रष्ट्राचार विरूद्ध बलियो आवाज उठाउने मात्र नभई उद्यमशीलता, स्वरोजगारी, वैदेशिक रोजगार, सुरक्षित प्रवासन, समावेशी अर्थतन्त्र, आर्थिक सम्वृद्धि, रोजगारी र आत्मनिर्भरतालाई जोड दिँदै सशक्त पत्रकारिता गर्ने जानकारी उहाँले दिनुभयो। 'अर्थरोजगार' आम नेपालीहरुको भरपर्दो डिजिटल पत्रिकाको रुपमा अगाडी आउने विश्वास उहाँले व्यक्त गर्नुभयो। पत्रकारितामा प्रविधि तथा सामाजिक संजालको उच्चतम प्रयोग गर्दै श्रव्य-दृश्यको माध्यमबाट नेपाली जनतालाई सुसुचित गर्ने अभियानको थालनी भएको उहाँको भनाई छ।