image
image

१ हजारले बढाईयो बृद्ध भत्ता

काठमाडौँ -  आर्थिक वर्ष २०७८/७९ को वार्षिक बजेटबाट सरकारले  सामाजिक सुरक्षा भत्ता बढाएको छ। आज बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भत्ता बढाइएको घोषणा गरेका हुन्।सरकारले ७० वर्ष माथिका नागरिकले पाउने भत्ता ३ बाट ४ हजार पुर्‍याएको छ। 
 
१० समूहले सामाजिक सुरक्षाको रुपमा मासिक भत्ता पाउँदै आएका छन्। जेष्ठ नागरिक दलित, एकल महिला, ७० वर्ष माथिका जेष्ठ नागरिक, तोकिएका क्षेत्रका जेष्ठ नागरिक, विधवा,अपांगता क र ख वर्ग,लोपोन्मुख जाति र वाल पोषणको रुपमा भत्ता दिइन्छ। हरेक समूहअनुसार मासिक रुपमा पाउने भत्ताको दर पनि फरक रहेको छ।

सबै प्रकारका भत्तामा ३३ प्रतिशतले बढाइएको अर्थमन्त्री पौडेलले जानकारी दिए। यो वर्ष ६७ अर्ब बजेट भएको सामाजिक सुरक्षाका लागि १ खर्ब बजेट विनियोजन गरिएको छ। पहिलो वर्ष नै यो शिर्षकमा ३३ अर्ब दायित्व थप भएको छ। 

 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।