image
image

ढल निकासको उचित व्यवस्था नहुँदा आधा दर्जन सरकारी कार्यालय जलमग्न

जलेश्वर, १५ जेठ: बिहीबार साँझदेखि परेको अविरल वर्षाका कारण महोत्तरीका आधा दर्जन सरकारी कार्यालय जलमग्न भएका छन् ।ढल निकासको उचित व्यवस्था नहुँदा पानी निस्कन नपाएपछि जिल्ला अदालत, जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय, मालपोत कार्यालय, जिल्ला शिक्षा समन्वय एकाइ, कृषि कार्यालय, पशु कार्यालय लगायतका सरकारी कार्यालय जलमग्न भएका छन्।

कार्यालयहरुको वरिपरि र परिसरभित्र पानी जमेपछि सेवाग्राहीलाई आवतजावत गर्न तथा कोरोना महामारीका बेला आन्तरिक कामकाज गर्न आउजाउ गर्ने कर्मचारीलाई कठिनाइ उत्पन्न भएको छ ।


जलेश्वर नगरपालिकाले वर्षेनि नाला निर्माण र ढल निकासमा लाखौँ बजेट खर्चे पनि पानी निकासको उचित व्यवस्थापन नहुँदा सरकारी कार्यालयलगायत नगरक्षेत्रका मूल सडकसहित अधिकांश सडक जलमग्न हुने गरेका छन् ।-
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।