जनकपुरधामको कुपेश्वरनाथ मन्दिरबाट बहुमुल्य मूर्तिहरू चोरी
काठमाडौँ, १५, शनिबार । जनकपुरधामको ऐतिहासिक कुपेश्वरनाथ महादेव मन्दिरबाट बहुमुल्य दुर्लभ र प्राचीन मूर्तिहरू चोरी भएका छन् । जनकपुरधाम उपमहानगरपालिका–१२स्थित कुवा टोलमा रहेको ऐतिहासिक कुपेश्वरनाथ महादेव मन्दिरबाट मूर्तिहरू चोरी भएका हुन् ।गेटको ताल्चा फोडेर चोरहरूले बहुमुल्य मूर्तिहरू चोरेर लगेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।अविरल वर्षा भइरहेको मौकाको फाइदा उठाउँदै मन्दिरमा रहेका २ वटा प्राचिन मूर्ति र दान पेटिकामा रहेको पैसा चोरेर लगेको धनुषाका प्रहरी उपरीक्षक प्रकाश रानाभाटले जनएका छन् ।
मन्दिरका पुजारी गहिरो निन्द्रामा सुतिरहेको बेला चोरहरूले मन्दिरबाट बहुमुल्य प्राचीन तथा दुर्लभ भगवान शिव र विष्णुको मूर्ति र दान पेटिकामा रहेको ४० हजार रूपैयाँ चोरेर लगेका छन् । भगवान विष्णुको चतुर्भूज मूर्ति केही वर्ष अगाडी मात्रै खेतमा खेतालाले हलो जोतिरहेको जमिनमुनिबाट भेटाएका थिए । प्रहरी उपरिक्षक रानाभाटले चोरहरू अहिले फेला नपरेको बताए ।