image
image

नेपाली फुटबल टोलीले आज इराकको सामना गर्दै

काठमाडौँ, १५, शनिबार । नेपाली राष्ट्रिय फुटबल टिमले शनिबार राति सन् २००७ को एएफसी एसियन कप च्याम्पियन इराकसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा प्रतिस्पर्धा गर्दैछ । खेलका लागि गत बुधबार विहान नेपाली टिम इराकको बस्रा पुगेको थियो। इराक पुगेको नेपाली टिमले त्यहाँ दुई दिन अभ्यास गरिसकेको छ। 

नेपाल र इराकबीच त्यहाँको समयअनुसार आज साँझ ७:३० मा र नेपाली समयअनुसार आज राति १०:१५ बजे प्रतिस्पर्धा गर्दैछ। खेल इराकको आइएमएन स्पोर्टको युट्युब च्यानलबाट लाइभ हेर्न सकिनेछ।खेलअघि नेपाली टिमका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले इराकविरुद्धको खेलमा नतिजा भन्दा नेपाली टिमको प्रदर्शनमा ध्यान दिने बताएका छन्।

नेपालका कप्तान किरणकुमार लिम्बुले इराकसँग खेल्न पाउनु ठूलो अबवसर भएको बताउँदै विश्वकप छनोटका लागि इराकविरुद्धको खेल अनुभव बटुल्ने अवसर भएको बताए। नेपाल र इराकबीच अहिलेसम्म तीन पटक प्रतिस्पर्धा भएको छ। तीन वटै खेलमा नेपाल पराजित भएको थियो। पछिल्लो पटक सन् २००१ मा विश्वकप छनोटमा नेपाल र इराक भिडेका थिए। सो खेलमा नेपालमाथि इराकले ४–२ को जित निकालेको थियो। 

एसिया र गल्फ क्षेत्रको फुटबल शक्ती इराक विश्वकप खेलिसकेको टिम हो। पूर्व एसियन च्याम्पियन इराक फिफा वरीयतामा पनि नेपाल भन्दा १०३ माथि छ। इराक वरीयतामा ६८औं स्थानमा छ भने नेपाल १७१औं स्थानमा छ।

छनोटमा समूह बी रहेको नेपालले अहिलेसम्म एक खेलमा मात्र जित हात पारेको छ। चार खेलमा नेपाली टिम पराजित भइसकेको छ। नेपाल ३ अंक जोड्दै चौथो स्थानमा छ। समूहमा नेपालभन्दा पछि अंकविहीन चाइनिज ताइपेई छ।समूहको शीर्ष स्थानमा १२ अंक जोडेको अस्ट्रेलिया छ। दोस्रो स्थानको कुवेत र तेस्रो स्थानको जोर्डनको समान १०-१० अंक छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।