image
image

हेटौंडाका ४५ प्रतिशत उद्योग बन्द

काठमाडौँ, १५, शनिबार । कोरोना नियन्त्रण गर्न स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेपछि हेटौंडाका केही उद्योगहरू बन्द भएका छन् । सञ्चालित उद्योगहरूले पनि उत्पादनमा ठूलो कटौती गरेका छन् । वैशाख १६ गतेदेखि मकवानपुरमा निषेधाज्ञा सुरु भएको हो । निषेधाज्ञा सुरु भएपछि उद्योगहरूले ५० प्रतिशत मजदुर कर्मचारी राखेर बिहान ६ देखि बेलुका ६ बजेसम्म सञ्चालन गर्दै आएका थिए । तर अहिले उत्पादनको बजारमा माग नभएकाले केही उद्योगहरू पूर्णरूपमा बन्द गरिएका छन् भने केहीले ७० प्रतिशतसम्म उत्पादन कटौती गरेको मकवानपुर उद्योग संघका अध्यक्ष लेखराज पोख्रेलले बताए ।

‘निषेधाज्ञा लम्बिँदै गए खाद्य, दाना र बिस्कुटबाहेकका उद्योग बन्द गर्नुपर्ने अवस्थामा पुग्नेछ,’ उनले भने, ‘उत्पादित वस्तुको बजारमा खपत नभएपछि भण्डारण गर्ने ठाउँ पनि हुनुपर्‍यो । ‘औद्योगिक क्षेत्रका अधिकांश उद्योगले क्रमशः उत्पादन कटौती गर्नुका साथै ४५ प्रतिशतभन्दा बढी उद्योग निषेधाज्ञापछि बन्द गरिएको छ,’ हेटौंडा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका प्रमुख राजेन्द्र कँडेलले भने ।

 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।