image
image

‘द भ्वाइस अफ नेपाल’का कोच दीप श्रेष्ठ अस्पताल भर्ना

काठमाडौँ, १५, शनिबार । वरिष्ठ गायक दीप श्रेष्ठ अस्पताल भर्ना भएका छन् । कोरोना संक्रमित भएपछि श्रेष्ठ उपचारका लागि धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा भर्ना भएका हुन् ।गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’का कोच समेत रहेका श्रेष्ठ अस्पताल भर्ना भएको शोका निर्माता तथा उद्घोषक सुशिल नेपालले सामाजिक संजाल फेसबुक मार्फत सार्वजनिक गरेका छन् ।
२ साताअघि कोरोना कोरोना परिक्षणमा संक्रम पुष्टि भएका श्रेष्ठको शरीरमा अक्सिजन लेभल कम देखिएपछि अस्पताल भर्ना गरिएको हो । महागुरु कोच दीपलाई शिघ्र स्वास्थ्य लाभको कामना, भन्दै नेपालले फेसबुकमा लेखेका छन् ‘स्वास्थमा सामान्य समस्या देखिएपछि अस्पतालमा भर्ना हुनु भएका हाम्रा कोच दीप श्रेष्ठलाई कोभिड पोजिटिभ देखिएपछि उहाँ अहिले यो रोगसँग जुधिरहनु भएको छ । सधैं हामीलाई आत्मबल दिने संगीतका जिवन्त धरोहरलाई कोभिडसँग जुध्न सामान्य नै हुनेछ भन्नेमा हामीलाई पुर्ण विश्वास छ ।’
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।