image
image

सेयर बजारमा हरियाली 

काठमाडौं माघ १९ । आज सेयर बजार खुलेसँगै हरियाली देखिएको छ । साताको दोस्रो दिन सोमबार  नेपाल स्टक एक्स्चेञ्जमा कारोबार हुने धेरै जसो कम्पनीहरुको सेयर मूल्य बढेको छ ।

नेप्से परिसूचक १५ मिनेटमा नै ४२ अंक भन्दा धेरैले वद्धि भएको छ । कारोबार रकम पनि १५ मिनेटमा ३२ करोड रुपैयाँ भन्दा धेरै भएको छ । कारोबार खुलेसँगै सेञ्चुरी कमर्सीयल बैंक, प्रभु लाइफ इन्स्यारेन्स लगायतको सेयर मूल्य ६ प्रतिशत भन्दा धेरैले बढेको छ ।

सेयर बजारका जानकारहरुका अनुसार अन्य कुनै ठूलो बैंकसँग मर्ज हुन सक्ने सम्भावना भएकाले लगानीकर्ताहरु सेञ्चुरीको सेयर खरिद गर्न इच्छुक देखिएका छन् । कारोबार शुरु भएको १५ मिनेटसम्म कारोबारका आधारमा सेञ्चुरी नै अगाडि देखिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।