image
image

रेडक्रसद्वारा ‘आकस्मिक घरदैलो रक्तदान अभियान’ सञ्चालन 

भादगाउँ, १४ जेठ: ‘रगत नपाए भक्तपुर जानू’ भन्ने उक्तिका साथ रक्तसञ्चार सेवा सञ्चालन गर्दै आइरहेको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा भक्तपुरले कोभिड महामारीको अहिलेको अवस्थामा रगतको सहज व्यवस्थापनका लागि ‘आकस्मिक घरदैलो रक्तदान अभियान’ सञ्चालन गरिरहेको छ ।

बढ्दो सङ्क्रमणलाई रोकथाम तथा न्यूनीकरणका लागि गत वैशाख १६ गतेबाट गरिएको निषेधाज्ञादेखि नै ब्लड डोनर्स एसोसिएशन (ब्लोदान), जिल्लामा रहेका नेपाल रेडक्रसका उपशाखा तथा अन्य सहयोगी सङ्घसंस्थाको सहयोगमा उपत्यकाका तीनै जिल्लाको समुदायस्तरमै पुगी घरदैलो रक्तदान अभियान शुरु गरिएको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाका सभापति मनोजकुमार थापाले बताए ।

सभापति थापाका अनुसार आकस्मिक घरदैलो रक्तदान अभियान सञ्चालनका लागि शाखाका मन्त्री परशुराम पाण्डेको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरिएको छ ।


निषेधाज्ञाको अवस्थामा पनि दैनिक १५० जनाको हाराहारीमा रगत लिन रक्तसञ्चार केन्द्रमा आउने गरेको अभियानका संयोजक एवम् मन्त्री पाण्डेले बताए । उनका अनुसार दोस्रोपटक शुरु भएको निषेधाज्ञादेखि अर्थात् गत वैशाख १६ गतेदेखि हालसम्म ६३ स्थानमा रक्तदान कार्यक्रम आयोजना भएका छन् ।-रासस/File photo
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।