image
image

तोकियो प्रमुख खाद्यान्न बालीको समर्थन मूल्य

काठमाडौँ - सरकारले चालू आर्थिक वर्ष २०७७/०७८ का लागि प्रमुख खाद्यान्न बाली मध्ये धान, गहुँ, र उखुको मन्यूनत समर्थन मूल्य तोकेको  छ।यसबाट कृषकलाई वस्तुको बिक्रीमा सुनिश्चित हुनुको साथै कृषि क्षेत्रमा बिचौलियाका प्रभाव निरूत्साहित गर्न सहयोग पुग्ने विस्वास लिईएको छ । 

चालू आवका लागि मोटा र मध्यम धानको न्युनतम समर्थन मूल्य प्रति क्वीन्टल क्रमशः २ हजार ७ सय ३५ र २ हजार ८ सय ८५ तोकिएको आर्थिक सर्वेक्षण २०७७/७८ ले उल्लेख गरेको छ। 

सर्वेक्षण अनुसार गहुँको न्युनतम समर्थन मूल्य प्रति क्वीन्टल ३ हजार १ सय ११ रूपैयाँ र उखुको न्युनतम समर्थन मूल्य ५ सय ४४ रूपैयाँ ३३ पैसा छ। गत आर्थिक वर्ष २०७६/०७७ मा उखुको प्रति क्वीन्टल ५३६.५६, मोटा र मध्यम धानको क्रमशः २५३२.८० र २६७३.१६ र गहुँको ३०१५ रूपैयाँ न्युनतम समर्थन मूल्य तोकिएको थियो। 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।