सप्तरीमा लगातार वर्षा र हावाहुरीले जनजीवन प्रभावित
काठमाडौँ, १४, शुक्रबार। कोरोना भाइरस संक्रमणका कारण कष्टकर बनेको सप्तरीको जनजीवन लगातारको झरि र हावाहुरीले गर्दा थप प्रभावित बनेको छ । बिहीबार रातिदेखि चलेको हावाहुरी संगै वर्षाका कारण जनजीवन प्रभावित बनेको हो ।
वर्षाका कारण सदरमुकाम राजविराजदेखि ग्रामीण भेग समेत जलमग्न बनेका छन् । राजविराज स्थित सिरहा रोडमा चार फिटसम्म पानी जमेर जलामय भएको स्थानीय सञ्जीव उपाध्यायले बताए । यसै गरी अदालत रोड,पुर्णि रोड,मिथिला टोलमा समेत पानी जमेर जलमग्न भएको छ । राजविराज मिथिला टोलमा आधा दर्जन जति घरमा वर्षाको पानी पसेको स्थानीय अजित कुमार ठाकुरले जानकारी दिएका छन् ।
राजविराज नगरका विभिन्न वडामा नाला निर्माणको काम चालु रहेको अवस्थामा एक्कासी भएको वर्षाले पानी निकासको समस्या देखिएको छ । वर्षा संगैको हावाहुरीले गर्दा ठाउँठाउमा विद्युत अबरुध्द भएको छ । नेपाल विद्युत प्राधिकरण बितरण केन्द्र राजविराजका अनुसार हावाहुरीले विद्युतीय तार चुँडिएका कारणले सेवा अबरुध्द भएको हो ।
केन्द्र प्रमुख आमोद प्रसाद यादवले चुँडिएका तारको मर्मत कार्य सुरु भए पनि लगातारको वर्षाका कारण काम गर्न समस्या भईरहेको बताए । जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी माधव प्रसाद काफ्लेले हावाहुरी र वर्षाबाट भएको क्षतिको विवरण संकलन कार्य जारी रहेको बताएका छन् ।