आगामी बजेटमा कर्मचारीको तलब र वृद्ध भत्ता बढ्ने
काठमाडौँ । सरकार बजेट निर्माणको अन्तिम तयारीमा जुटेको छ । अध्यादेशबाट आउने बजेट कर्मचारीको तलब र वृद्ध/वृद्धा भत्ता एउटै स्ल्यापमा बढाउने तयारी गरेको छ । देशमा सिर्जना भएको विषम परिस्थिति र चुनावी बजेट भएकाले पनि कर्मचारी र वृद्ध/वृद्धा भत्ता एकमुष्ठ २ हजारका दरले बढाउने तयारी अर्थ मन्त्रालयले गरेको छ ।
कोरोना महामारीले थला परेको अर्थतन्त्रमा पनि तलब तथा भत्ता बढाउन लगेको भनेर चौतर्फी आलोचना भैरहेको छ । चालु आवमा पनि कर्मचारीहरूको तलब नबढेकाले यो वर्ष तलव बढाउनै पर्ने बाध्यता सरकारलाई छ । कर्मचारी वित्तबाट २० प्रतिशतले बढाउने माग आएपनि सरकारले भने यो वर्ष खर्चका क्षेत्र विस्तार हुने र आम्दानीका स्रोतहरू खुम्चने भन्दै एकमुष्ठ भत्ताको व्यवस्था गर्न लागेको हो । कर्मचारीको तलब बढाउँदा आर्थिक भार अझ थपिने यथार्थलाई मध्येनजर गरेर सरकारलेबीचको बाटो रोज्न लागेको हो ।
यस वर्ष कर्मचाारीको पारिश्रमिकका लागि १ खर्ब ३४ अर्ब ६५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । यो खर्चमा २० प्रतिशतले बढाउने हो भने यस वर्ष छुट्याएको बजेटमा २६ अर्ब ९३ करोड थप व्ययभार थपिन्छ ।