स्वदेश फर्किन चाहने श्रमिकलाई तत्कालीन व्यवस्थापनको प्रवन्ध गर्न सरकारसँग माग
काठमाडौँ, १४, शुक्रबार । विश्वभर फैलिएको कोरोना भाइरसका कारण वैदेशिक रोजगारमा गएका श्रमिकहरु विभिन्न मुलुकका अड्किएर बस्नु परेको अवस्था छ । सुरक्षित वैदेशिक रोजगारको क्षेत्रमा कार्यरत संघसंस्थाहरुले विभिन्न गन्तव्य मुलुकमा रहेका र स्वदेश फर्किन चाहने नेपालीलाई स्वदेश फर्काउन र तत्कालीन व्यवस्थापनको प्रवन्ध गर्न सरकारसँग माग गरेका छन् ।
कोरोना भाइरसको दोश्रो लहरका बीच विदेशबाट फर्किनेहरुको लागि तत्कालिन व्यवस्थापन कहाँ गर्ने, खर्चको व्यवस्थापन, कानुनी परामर्श, परिवारमा सहज पुन,स्थापना, गोपनीयता र आर्थिक तथा सामाजिक पुनर्एकीकरणमा कसरी जोड्ने भन्ने विषयमा आवश्यक कदम चाल्न पनि सवै सरकारी निकायलाई ति संस्थाहरुले आग्रह गरेका हुन् ।
सुरक्षित आप्रवासनका लागि राष्ट्रिय सञ्जाल, महिला तथा बालबालिका बेचविखनविरुद्द सहकर्मी समूह नेपाल (एटविन), श्रम रोजगार पत्रकार समूह, वैदेशिक रोजगार पत्रकार समाज, नेशनल नेटवर्क अगेन्स्ट गल्र्स ट्राफिकिङ् तथा ईन्टर जेनेरेशनल फेमिनिष्ट फोरमले एक विज्ञप्ती प्रकाशित गर्दै सरकारलाई यस्तो आग्रह गरेका छन् ।
सरकारले गत वैशाख २३ गते मध्यरात देखि अन्तराष्ट्रिय उडानहरु रोकेपछि त्यसको प्रभाव खाडी तथा मलेसियामा कार्यरत र नेपाल फर्किने तयारीमा रहेका श्रमिकहरुमा परेको विज्ञप्तीमा उल्लेख छ । विज्ञप्तीमा वैदेशिक रोजगारीमा रहेका आप्रवासी श्रमिकहरूले आर्जन गरी पठाएको विप्रेषण (रेमिटेन्स) ले स्वदेशमा रहेका उनीहरूको घरपरिवारका साथै सिङ्गो नेपालको अर्थतन्त्रमा समेत योगदान पुर्याएको स्मरण गर्दै श्रमिकलाई भैपरी आउने महामारीको अवस्थामा पनि द्रुत उद्धार गर्नुपर्नेमा नेपाल सरकारले कम चासो दिएको विगतको अनुभवले पनि देखाएको उल्लेख छ ।
कतिपय श्रमिकको भिसाको अवधि सकिएर टिकट लिएर स्वदेश फर्किने तयारीमा रहेपनि उडान रोकिंदा कम्पनीको होष्टेलमा समेत बस्न नपाएर होटेलमा महङ्गो भाडा तिरेर बस्नुपर्ने अवस्था आइपरेको भन्दै सो समस्या सम्वोधनका लागि ध्यान दिन सरकार तथा सम्वन्धित सरकारी निकायहरुलाई आग्रह गरिएको छ ।