image
image

गोदाममा आगलागी, १५ लाख क्षति

ताप्लेजुङ, १४ जेठ: फुङलिङ नगरपालिका–४ न्युरोडस्थित कुमार गुरुङको गोदाममा आज बिहान आगलागी भएको छ ।फर्निचरका लागि चाहिने फर्म, वायरिङका सामान, सिमेन्ट, बाथरुम र शौचालय निर्माणमा प्रयोग हुने सामान राखिएको गोदाममा आगलागी भएको हो । राति करीब २ः०० बजे भएको आगलागीबाट गोदामका सम्पूर्ण सामान जल्दा करीब रु १५ लाखको क्षति भएको गुरुङले जानकारी दिए ।

बिजुली जडान नगरिएको निर्माणाधीन पक्की भवनमा रहेको गोदाममा कसरी आगलागी भयो भन्ने खुलेको छैन । आगलागी नियन्त्रणका लागि नगरपालिकाको दमकल र प्रहरीको टोली पुगेको थियो । आगो लागेको निकै समयपछि मात्र थाहा भएकाले कुनै पनि सामान निकाल्न नपाइएको गुरुङले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।