image
image

गायक आशिष सचिनले पठाए चीनबाट दुई लाख बढीको स्वास्थ्य सामाग्री

काठमाडौं, १४, शुक्रबार । कोरोना भाइरस संक्रमण बिरामीका लागि गायक आशिष सचिनले साढे दुई लाख बढीको स्वास्थ्य सामग्री सहयोग गरेका छन् । अहिले चीन भ्रमणमा रहेका गायकले सहयोगको स्वास्थ्य सामग्री उतैबाट किनेर नेपाल पठाएका हुन् ।

गायक सचिनले आफुले नेपाल पठाएको सामाग्रीको तस्बिर समेत सामाजिक सञ्जाल फेसबुक शेयर गरेका छन् । ‘हाल मेरो केही समयको ब्यक्तिगत चीन भ्रमणको दौरानमा थोरै भएपनि एक कलाकार र सचेत नागरिकको स्वास्थ्य सामाग्री चीनबाट नेपाल पठाउन पाउँदा सारै खुसी महसुस गरेको छु’ उनले लेखेका छन् । 

आफु चीनमा रहेकोले नेपालीको कोरोनासँगको दुःख नजिकबाट महसुस गर्न नपाएको भनाइ राख्दै उनले स्वास्थ्य सामाग्री पठाएर थोरै भएपनि दुःखमा साथ दिने कोसिस गरेको बताएका छन् ।
‘के रहेछ र जीवन, मात्र दुई मुठ्ठी श्वास, सानो सहयोग हृदयदेखि’ शीर्षक राखेर स्टाटस पोष्ट गरेका सचिनले आफ्नो ब्यक्तिगत सहयोगमा २ लाख ५५ हजार ८ सय रुपैया बराबरको स्वास्थ्य सामाग्री नेपाल पठाएको उल्लेख गरेका छन् ।

‘देशलाई परेको दुःखद घडीको समयमा सक्नेले केही गरौं र नसक्नेले पनि स्वास्थ्य सुरक्षा विधि अपनाइ घरमै बसेर रोग फैलन नदिइ अरुको ज्यान जोगाउन मद्दत गरौं’ उनले अगाडि लेखेका छन् ‘नआत्तिऔं, नडगमगाऔं, हामी फेरि  उठ्ने छौं, हामी फेरी खुलेर श्वास फेर्नेछौँ ।’सचिनले पठाएको स्वास्थ्य सामाग्रीमा अक्सिजन  कन्सेन्टरेटर, पिपिइ, ग्लोभ्स, मास्कलगायत रहेका छन् । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।