image
image

पामपछि भटमास तेलको निर्यात बढ्यो,६ महिनामा १७ अर्बको निर्यात 

काठमाडौँ।  चालु आर्थिक वर्षको पहिलो ६ महिनामा भटमासको तेलको निर्यात २६० प्रतिशतले बढेको छ । यस अवधिमा नेपालबाट रु १७ अर्बको भटमासको तेल निर्यात भएको नेपाल व्यापार तथा निकासी प्रवर्धन केन्द्र (टीईपीसी) ले जनाएको छ । अघिल्लो बर्ष  नेपालले ४ अर्बको भटमासको तेल निर्यात गरेको थियो।  

यस अवधिमा अघिल्लो वर्ष शीर्षस्थानमा रहेको पाम तेलको निर्यात भने २७औं नम्बरमा पुगेको छ । अघिल्लो आवको पहिलो ६ महीनामा रू. १३ अर्ब ८९ करोडको पाम तेल निर्यात भएकोमा चालू आवको सोही अवधिमा रू. ४ लाखको मात्रै निर्यात भएको छ । पाम तेलको निर्यात आव २०७५/७६
को शुरूदेखि नै बढ्दै गएको थियो । अघिल्लो वर्ष पुस अन्तिम साता भारतले कुल निर्यातको करीब २४ प्रतिशतसम्म अंश रहेको पामको निर्यातमा प्रतिबन्ध लगाएको थियो । नेपालका लागि पाम र भटमासको तेलको बजार भारत हो ।

नेपाली व्यवसायीहरूले तेस्रो मुलुकबाट कच्चा पाम आयलको आयात गरी प्रशोधन गरी भारततर्फ निर्यात गर्ने गरेका थिए । भारतले प्रतिबन्ध लगाएपछि व्यवसायीहरूले पामको सट्टा भटमासको तेलको उद्योगमा भटमासको तेलको उत्पादन गर्न शुरू गरेका हुन् । भारतले प्रतिबन्ध लगाउनुअघि वीरगञ्ज र विराटनगर गरी १८ ओटा उद्योगबाट व्यवसायीले ८० प्रतिशतसम्म पाम र बाँकी भटमासको तेल उत्पादन गर्ने गरेका थिए । 

भटमासपछि नेपालबाट सबैभन्दा बढी निर्यात हुने वस्तुहरुमा क्रमशः ऊन, अलैंची, कार्पेट, जुट, रेडिमेट गार्मेन्ट, चियालगायत वस्तु रहेको टीईपीसीका वरिष्ठ अधिकृत कृष्ण बजगाईले जानकारी दिए ।
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।