image
image

फिनल्याण्ड सरकारद्वारा स्वास्थ्य सामग्री हस्तान्तरण 

काठमाडौँ, १४, शुक्रबार । फिनल्यान्ड सरकारले सहयोग गरेको स्वास्थ्य सामग्री शुक्रबार बिहान काठमाडौँ आइपुगेको छ । तीन लाख ५० हजार एफ पीपीइ मास्क, एक लाख एन ९५ मास्क , दुई लाख ३२ हजार ५ सय पन्जा, ३० हजार गाउन, २४ लाख ९८ हजार फेस मास्क र तीन लाख ५० हजार फेस सिल्ड लगायतका सामग्री आइपुगेको हो।

फिनिस सरकारद्धारा पठाइएको चार्टड विमानमा ती सामग्री शुक्रबार नेपालस्थित फिनल्याण्डका राजदूत प्रेटी एन्टीनेनले स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीलाई हस्तान्तरण गरेका छन् ।

मन्त्री त्रिपाठीले संकटको समयमा स्वास्थ्य सामग्री सहयोग गरेकाले फिनिस सरकारलाई धन्यवाद व्यक्त गरे । दुवै देशको मैत्रीपूर्ण सम्बन्ध भएकाले फिनल्यान्ड जनता र सरकारप्रति उनले आभार व्यक्त गरे । दुवै देशका जनता र विकासको साझेदारीको प्रतिक रहेको उनको भनाइ छ ।

 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।