image
image

सनराइज ब्लूचिप फण्डको इकाई नेप्सेमा सूचीकृत 

काठमाडौं । बिहीवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सनराइज ब्लूचिप फण्डको इकाई सूचीकृत भएको छ । यस फण्डले १२ करोड ५० लाख इकाई आइतवारदेखि कारोबार योग्य हुने गरी सूचीकृत गराएको हो । सम्बन्धित इकाईधनीहरुले भने आफ्नो हितग्राही खातामा जम्मा भएपछि मात्र उक्त इकाई कारोबार गर्न सक्नेछन् । 

यस फण्डले गत चैत १ गतेदेखि ८ गतेसम्म इकाई विक्री गरेको थियो । नेप्सेले यो इकाईको कारोबारका लागि एसबिसिएफ स्टक संकेत प्रदान गरेको छ । सन्राइज क्यापिटलले १० वर्षमा परिपक्क हुने गरी बन्दमुखी योजना सञ्चालनका लागि उक्त इकाई विक्री गरेको हो ।  सन्राइज क्यापिटल लिमिटेड विक्री प्रबन्धक रहेको उक्त इकाई बाँडफाँट भएको मितिले १० वर्षपछि योजनाको लगानीलाई नगदमा परिणत गरी इकाईधनीहरुलाई समानुपातिक हिसाबले प्रचलित कानुन बमोजिम वितरण गरिने क्यापिटलले प्रष्ट पारेको छ ।

 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।