image
image

नेपालमा पनि मनाउँदै सुरक्षित इन्टरनेट दिवस

काठमाडौँ माघ १९ । विश्वका विभिन्न देशहरुले मनाउँदै आइरहेको सुरक्षित इन्टरनेट दिवस यस वर्ष नेपालमा पनि मनाईने भएको छ । बढ्दो इन्टरनेट प्रोयोगकर्तालाई मध्यनजर गर्दै यस वर्ष यो दिवस मनाउना लागिएको हो ।   बालबालिका र युवाका लागि इन्टरनेट सुरक्षित बनाउने उद्देश्यसहित यस वर्ष ९ फेब्रुअरी (माघ २७ गते) मा सुरक्षित इन्टरनेट दिवस २०२१ नेपालसहित विभिन्न देशमा मनाइने भएको छ । सुरक्षित इन्टरनेटबारे सचेतना जगाउन बालबालिकाको लागि काम गर्ने संघ/संस्थाहरुले अपील भिडियो, पोडकास्ट, युट्युब भ्लग, सोसल मिडिया पोष्ट, डिजिटल पोस्टर र बालमैत्री मैत्री सञ्चार सामग्री उत्पादन र प्रचार गरी सुरक्षित इन्टरनेट दिवस मनाउने योजना बनाईएको छ । 

बालबालिका र युवाका लागि अनलाइन दुर्व्यवहार र शोषणबाट सुरक्षित राख्न कार्यरत संस्था चाइल्डसेफनेटले सन् २०१९ देखि नेपालमा सुरक्षित इन्टरनेट दिवस मनाउन तथा साझेदार संस्थाहरुसँग सहकार्य र समन्वय गर्दै आएको छ । चाइल्डसेफनेटका संस्थापक अध्यक्ष अनिल रघुवंशीका अनुसार नेपालमा सुरक्षित इन्टरनेट दिवस २०२१ मनाउनका लागि राष्ट्रिय समन्वय समिति गठन गरिएको छ । यस समितिको सचिवालयको भूमिका चाइल्डसेफनेटले निर्वाह गरेको छ । अन्य समितिका सदस्यहरुमा नेपाल प्रहरी साइबर ब्युरो, युनिसेफ, प्लान इन्टरनेशनल नेपाल, युवालय, सिविन नेपाल, साथी, एक्शनएड नेपाल, वेदः सिर्जनशील संस्था, लू निभा चिल्ड कन्सर्न ग्रुप, छाता संगठन नेपाल र बाल वातावरण केन्द्र समिति रहेका छन् ।

चाइल्डसेफनेटका संस्थापक अध्यक्ष रघुवंशीका अनुसार  यस दिवसले बालबालिका र युवाको लागि अनलाइनमा सुरक्षित राख्न परिवार, स्कूल, प्रहरी, सरकारी निकाय, निजी क्षेत्र, मिडिया, संघ/संस्था र अन्य सरोकारवालासँग सहकार्य गर्न तथा साइबर सुरक्षा नीतिको प्रभावकारी कार्यान्वयन गर्ने अवसर प्रदान गर्ने छ ।   
 



 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।