image
image

अक्सिजन खरिदलाई नौ लाख

वाग्मती, १३ जेठ: वाग्मती प्रदेशको राजधानी हेटौँडास्थित हेटौँडा अस्पतालमा अक्सिजन खरिदका लागि ग्रामीण असाहय बालबालिका सामुदायिक पुनःस्थापना केन्द्र मकवानपुरले रु नौ लाख सहयोग गरेको छ । अस्पताललाई एक महिनासम्म आवश्यक पर्ने दैनिक ५० सिलिण्डर खरिद गर्ने गरी रु नौ लाख सहयोग गरेको हो ।

केन्द्रकी अध्यक्ष सुमित्रा काफ्लेले अस्पतालमा उपचार हुने कोभिड–१९ का बिरामीको उपचारमा सघाउ पु¥याउने उद्देश्यले सिलिण्डर खरिद गर्न रकम सहयोग गरेको जनकारी दिए । अस्पतालमा रहेका बिरामीका लागि दैनिक २४० वटा सिलिण्डर अक्सिजन आवश्यक रहेको भन्दै हालसम्म दाताका कारण खासै अक्सिजनको अभाव सिर्जना नभएको अस्पतालको दाबी छ । हेटौँडा अस्पताललाई नेपाल जेसिज केन्द्रीय कार्यालयले १०१ वटा सिलिण्डर अक्सिजन सहयोग गरेको छ । जेसीआई हेटौँडाको पहलमा नेपाल जेसिजमार्फत अक्सिजन सहयोग गरिएको नेपाल जेसिज वर्ष अध्यक्ष अरुणेश्वर खनालले जानकारी दिए ।-रासस

 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।