नेप्सेमा सामान्य गिरावट हुँदा हालसम्मकै सर्बाधिक कारोबार
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज बिहिबार सर्वाधिक कारोबार भएर नयाँ रेकर्ड कायम भएको छ । आज नेप्सेमा १४ अर्ब ७६ करोड ८८ लाख बराबरको करोबार भएको छ । यो कारोबार हालसम्मकै उच्च हो । यसअघि नेप्सेमा २०७७ जेठ १० गते सोमबार १३ अर्ब १७ करोड ५३ लाख बराबरको करोबार भएर नयाँ रेकर्ड कायम भएको थियो ।
आज नेप्से १.२० अंकले घटेर दुई हजार आठ सय १५ दशमलब ४० विन्दुमा थामिएको छ । आज कारोबार भएका समूहमध्ये ६ समूह बाहेक अन्य समूह बढेका छन् । मंगलबार नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षा कार्यान्वयनका लागि निर्देशन जारी गर्दै बैंक तथा वित्तीइ संस्थाहरुलाई सेयर कारोबारमा कडाइ गरेको थियो । राष्ट्र बैंकको निर्देशन पछि बैंकहरुले लघुवित्तको सेयर किन्न नपाउने भएका छन् । अन्य कम्पनीहरुको सेयर खरिद गर्दा पनि कम्तिमा एक वर्ष होल्ड गर्न राष्ट्र बैंकले निर्देशन दिएको थियो ।
नेप्सेका अनुसार आज २० कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ । त्यस्तै, आज नेरुडे लघुवित्त विकास बैंक र समता घरेलु लुवित्त वित्तिय संस्थाका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् भने कारोबारको आधारमा आज सबैभन्दा बढी कारोबार अपि पावर कम्पनीको भएको छ ।