image
image

इजरायलबाट भाडामा ल्याएको ड्रोन चीनको सीमामा पठाउँदै भारत

काठमाडौँ, १३, बिहीबार । भारतीय सेनाले इजरायलबाट चार वटा अत्याधुनिक ड्रोन भाडामा ल्याउन लागेको छ। चिनियाँ सीमामा निगरानी गर्न भारतीय सेनाले हेरोन टिपी नामका ती ड्रोन ल्याउन लागेको हो।इजरायल एरोस्पेस इन्डस्ट्रिजले बनाएको यो ड्रोन १४ मिटर लामो हुन्छ। सबै मौसममा काम गर्न सक्ने यो ड्रोनले हतियार पनि बोक्न सक्छ। तर भारतले बोक्ने भर्सनको नभएको उल्लेख गरिएको छ।

भारतले इजरायलसँग यो वर्षको सुरूमै ड्रोन भाडामा लिनेबारे सम्झौता गरेको थियो। सम्झौताअनुसार दुइटा ड्रोन केही दिनमै र बाँकी दुइटा केही समयपछि भारत आइपुग्नेछन्।तीन वर्षका लागि भाडामा लिइएका ड्रोनको भाडा कति हो भन्ने खुलाइएको छैन। भारतीय सेनाले पहिलो पटक सैन्य सामान भाडामा लिएर प्रयोग गर्न थालेको हो।

इजरायलबाट ल्याइने ड्रोन लद्दाखको लाइन अफ एक्चुअल कन्ट्रोल आसपासमा पठाइनेछ।गत वर्ष जुनमा गल्वान उपत्यकामा चिनियाँ सैनिकसँग भएको झडपमा २० भारतीय सैनिकको मृत्यु भएको थियो।

भारत र चीनबीच अहिलेसम्म सीमा निर्धारण हुन सकेको छैन। पूर्वको अरूणाञ्चलदेखि पश्चिममा आस्काई चीनसम्म दुई देशले आ(आफ्नो दाबी गरेपछि संसारका दुई विशाल जनसंख्या भएका यी मुलुकको सीमाना विवाद नटुंगिएको हो।

सीमाका विषयमा सन् १९६२ मा युद्ध दुई देशबीच युद्ध भएको थियो। पछिल्लो समय सीमा क्षेत्रमा जाने सैनिकहरूले हतियार नलिने व्यवस्था गरिए पनि बेलाबेलामा दुई देशका सैनिकबीच ठाउँ(ठाउँमा झडपका घटना भइरहन्छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।