image
image

सस्तोमा मार्सी बेच्दै खाद्य

काठमाडौँ - सरकारी स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले जुम्लाको मार्सी चामल बिक्री सुरु गरेको छ । स्थानीय उत्पादनको बजारीकरण र प्रवद्र्धन गर्नका लागि पहिलो पटक खाद्य कम्पनीले उपत्यका ल्याएर बिक्री सुरु गरेको हो । जुम्लाबाट ल्याइएको चामल ‘नेपाल फुड’ ब्रान्डमार्फत बिक्री सुरु गरेको कम्पनीले जानकारी दिएको छ । कम्पनीका नायब महाप्रबन्धक श्रीमणिराज खनालले बजार मूल्यभन्दा सस्तोमा प्रतिकेजी २ सय २५ रुपैयाँमा मार्सी चामल बिक्री सुरु गरिएको जानकारी दिए । यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ।

स्थानीय उत्पादनको बजारीकरण र प्रवद्र्धन गर्ने उदेश्यका साथ चामल बिक्री सुरु गरिएको कम्पनीले जानकारी दिएको छ । दुई सय ७० क्विन्टल चामल ल्याएर बिक्री सुरु गरिएको कम्पनीले जानकारी दिएको छ । क्रमिक रूपमा अन्य उत्पादन पनि बिक्री गर्दै जाने कम्पनीले जानकारी दिएको छ ।

कम्पनीले अनलाइनमार्फत, आफनै बिक्रीकक्ष र घरघरमा पु-याएर चामल बिक्री गरेको उनको जानकारी दिए । चिसो हावापानीमा फल्ने मार्सी चामल स्वास्थ्यका लागि लाभदायक मानिन्छ । कम्पनीले जुम्लाबाट चामल खरिद गरेर ल्याएर प्याकेजिङ गरेर बिक्री सुरु गरेको कम्पनीले जानकारी दिएको छ ।

व्यवसायीका अनुसार बजारमा एक किलो मार्सीको मूल्य २ सय ४० देखि २ सय ६० रुपैयाँसम्म पर्छ । जुम्लाबाट १ सय ८५ रुपैयाँमा खरिद गरेको सो चामल खाद्यले ढुवानी, प्याकेजिङ खर्च, लोड–अनलोड, प्रशासनिक खर्चलगायत जोडेर प्रतिकेजीे २ सय २५ मूल्य निर्धारण गरेको जनाएको छ । कम्पनीले जुम्लाको सिमी पनि नेपाल फुड ब्रान्डमा बिक्री गर्दै आइरहेको छ । सिमी प्रतिकेजी एक सय २० रुपेैयाँमा बिक्री गरेको छ । खाद्यले २०७४ सम्म सिमी, फापरलगायत गेडागुडी खरिद गर्दै आएको थियो ।

खाद्य कम्पनीले दुर्गम तथा पहाडी जिल्लामा चामल पठाउने र स्थानीय उत्पादन ल्याएर बिक्री गदै आएको छ । फापर, उवाँ, सिमी समेत बिक्री गदै आएको छ । कर्णालीकै उत्पादन खरिद गर्न सरकारले अनुदानसमेत दिँदै आएको थियो तर खरिद गरिएको सिमी तथा फापर खाद्यले लक्ष्य अनुसार बिक्री गर्न सकेन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।