image
image

भारतमा आएको चक्रवातले नेपालमा कस्तो असर पर्ला 

भारतमा आएको चक्रवातको असर नेपालको मध्य तथा पूर्वी क्षेत्रमा पनि पर्न थालेको छ । बुधबारदेखि पूर्वी क्षेत्रमा हावाहुरी चल्न थालेको छ । भोलि जेठ १३ गते बिहिबारदेखि जेठ १५ गते शनिबारसम्ममा देशमा धेरैजसो भागमा पानी पर्ने सम्भावना देखिएको  छ । पश्चिमी बंगालको खाडीमा विकसित भएको जलवायुको प्रभाव र शक्तिशाली चक्रवात यास्  समुद्रबाट जमिन तर्फ प्रवेश गरिसकेको छ र  उक्त चक्रवात उत्तर(उत्तरपश्चिम सर्ने क्रममा छ। त्यसले केही दिन नेपालको मौसममा असर पर्ने हुँदा आवश्यक सतर्कता अपनाउन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अनुरोध छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार २०७८ जेठ १३, १४ र १५ गते प्रदेश १, प्रदेश २, बागमती, गण्डकी, र लुम्बिनी प्रदेशका केहि स्थानमा भारी वर्षाको सम्भावना छ । प्रदेश १, प्रदेश २, बाग्मती र लुम्बिनी प्रदेशको तराईमा अति भारी वर्षा, चट्याङ पर्ने र उच्च बेगको हावाहुरी आउने सम्भावना छ। कर्णाली र सुदुरपश्चिम प्रदेशमा भने एक वा दुई स्थानमा मेघगर्जनरचट्याङ्ग सहित मध्यम वर्षाको सम्भावना देखिन्छ । गण्डकी, बागमती र प्रदेश १ का हिमालीर उच्च पहाडी भूभागका केहि स्थानमा हल्का देखि मध्यम हिमपातरवर्षा हुनसक्छ ।

यसै सन्दर्भमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भारतमा आएको चक्रवातको असर नेपालमा कस्तो पर्ने आँकलन गरेको छ र त्यसका लागि कस्तो तयारी गरेको छ भन्नेबारे रातोपाटीले प्राधिकरणका उपसचिव एवं प्रवक्ता लीलाधर अधिकारीसँग संक्षिप्त कुराकानी गरेको छ ।

भारतमा आएको चक्रवातले नेपालको पश्चिमी क्षेत्रमा खासै असर नगर्ने तर मध्य तथा पूर्वी भागमा त्यसको असर देखिने भनेर मौसम पूर्वानुमान महाशाखाले प्रक्षेपण गरिसकेको थियो ।

पूर्वी भेगमा बुधबारदेखि नै त्यसको असर देखिएको भन्ने छ । यसको प्रभाव अस्वाभाविक रुपमा पर्न सक्ने भनेर पहिला नै आँकलन भइसकेको हो । त्यसैले पर्वतारोहणमा गएका टोलीलाई पनि फर्कन वा सुरक्षित रहन सावधान तुल्याइसकेको अवस्था छ । जिल्लाजिल्लामा रहेका विपद् प्रतिकार्य समूहलाई तयारी अवस्थामा रहन भनिएको छ ।

 सर्वसाधारणलाई पनि नदी तटीय क्षेत्रमा नजान, नबस्न तथा बाढी, पहिरोको सम्भावित जोखिम क्षेत्रमा रहेका बस्तीमा सावधानी अनपाउन भनेर सूचित गरिसकेको अवस्था छ ।यो आँधीको असर तीन दिनसम्म देखिने भनिएको छ, त्यसैले हामी यसमा पूर्वतयारीका साथ सतर्क भएर बसेका छौं ।

विपद् बाजा बजाएर आउने होइन भनिन्छ । त्यसैले पनि विपद्का लागि हामी हमेसा पूर्वतयारीका साथ बस्नुपर्छ ।अहिले विकसित विभिन्न प्रविधि र वैज्ञानिकहरुको अध्ययन अनुसन्धानका आधारमा कतिपय कुराहरु हामी आँकलन गर्न सक्छौं । जस्तोकि, हालैमात्र भारतमा दुईवटा शक्तिशाली आँधी आए । भारतले आफ्नो संयन्त्रबाट त्यस्ता विपद् आउनु अघि नै त्यसबाट प्रभावित हुने क्षेत्रको आँकलन गरिसकेको थियो । त्यसको आधारमा हामीले पनि सम्भावित जोखिमबारे प्रक्षेपण गर्छौं ।

भारतमा केही दिनअघि आएको आँधीको तुलनामा अहिले आइरहेको आँधीले नेपालको केही भागलाई पनि प्रभावित पार्न सक्छ भनेर पूर्वानुमान भएकै हो । सोहीअनुसार अहिले नेपालको मध्य तथा पूर्वी भागमा हुरी चलेको छ ।

हामीले मौसम विज्ञान विभागले दिएको सूचनालाई विश्लेषण गरेर नै कुन ठाउँमा हावाहुरीको जोखिम छ, कता बाढीपहिरोको जोखिम हुन्छ भन्ने आँकलन गर्दछौं र सम्बन्धित क्षेत्रमा आफ्ना संयन्त्रलाई सचेत तुल्याउने हो ।

कुन क्षेत्र बढी प्रभावित हुने आँकलनका साथ पूर्वतयारी गरिएको छ

– सुदूरपश्चिममा यसले खास असर गर्दैन भन्ने छ । जल तथा मौसम विज्ञान विभागका अनुसार जेठ १३, १४ र १५ गते प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही जिल्लामा भारी वर्षाको सम्भावना छ । त्यसैले ती क्षेत्रमा बाढी तथा डुबान हुन सक्ने आँकलनका साथ पूर्व तयारीमा ध्यान दिन विभिन्न संयन्त्रलाई सूचित गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।